एजेन्सी । कतार सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी कतार इनर्जी का दुई प्रमुख ग्यास प्रशोधन केन्द्रमा इरान बाट आक्रमण भएपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकिएको छ। यस घटनापछि युरोपेली बजारमा ग्यासको मूल्य उल्लेख्य रूपमा बढेको छ।

युरोपमा ग्यास मूल्य निर्धारणका लागि महत्त्वपूर्ण मानिने डच टिटिएफ प्राकृतिक ग्यास सम्झौता अनुसार इरानी आक्रमणपछि ग्यासको मूल्य करिब ४५ प्रतिशतले बढेर ४६ युरोभन्दा माथि पुगेको छ।

advertisement

इरानसँगको युद्धका कारण खाडी क्षेत्रबाट ग्यास आपूर्ति प्रभावित हुन सक्ने आशंका बढेपछि बजारमा थप दबाब परेको छ। यही चिन्ताका कारण युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले उकालो लागेको बताइएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com