भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको निजी कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सोमबार दिउँसो बा५च ७८८१ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगले जानकारी दिएका छन् ।

advertisement

योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । सडकको अवस्था, चालकको लापरबाही वा अन्य कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यो घटनाले सडक सुरक्षालाई फेरि गम्भीर चुनौतीका रूपमा उजागर गरेको छ । प्रहरीले चालकहरूलाई ट्राफिक नियम पालना गर्न तथा गति नियन्त्रण गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com