राजविराज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
उनी यो क्षेत्रबाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यका निम्ति चुनावी मैदानमा छन् ।
डा. राउत यसअघि ०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
- रासस
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया