काठमाडौं । डिला संग्रौला पन्तले जनताको भावना बुझ्न नसक्दा र सत्तामै केन्द्रित हुँदा फागुन २१ को चुनावी परिणाम नेपाली कांग्रेसका लागि प्रतिकूल आएको स्वीकार गरेकी छन्।
११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस महिला समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अब कांग्रेस रचनात्मक प्रतिपक्ष बनेर सडकबाटै जनताको आवाज उठाउने बताइन्।
उनले सत्तामा रहँदा सुशासन दिन नसक्नु र भ्रष्टाचारका मुद्दामा मौन बस्नु कांग्रेसको कमजोरी भएको स्वीकार गर्दै जनताले पुराना दलप्रति ‘साइलेन्ट विद्रोह’ गरेको टिप्पणी गरिन्।
महिला अधिकारको प्रसंगमा उनले मंगलादेवी सिंह, योगमाया न्यौपाने र द्वारिकादेवी ठकुरानीको योगदान स्मरण गर्दै अब राज्यका सबै निकायमा कम्तीमा ४० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने एजेन्डा अघि बढाउने बताइन्।
साथै, मजदुरका मुद्दालाई पार्टीले पर्याप्त प्राथमिकता दिन नसकेको स्वीकार गर्दै अब श्रमिक अधिकार र उचित श्रम मूल्यांकनका लागि नयाँ नीति ल्याइने प्रतिबद्धता व्यक्त गरिन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया