काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीबाट बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन्।

निर्वाचन आयोगले असोजमा सम्पन्न पार्टीको १५औँ नियमित महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई अद्यावधिक गरी आधिकारिक मान्यता प्रदान गरेपछि संग्रौलाले यस्तो आह्वान गरेकी हुन्।

उनले विगतका सबै तिक्तता र मतभेद बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन तथा संगठन सुदृढीकरणको अभियानमा एकजुट भएर अघि बढ्न बाहिर रहेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।

‘पार्टीले पूर्ण वैधानिकता प्राप्त गरिसकेको यस घडीमा विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन तथा संगठन सुदृढीकरणको अभियानमा एकजुट भई अघि बढ्न बाहिर रहनुभएका सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछु,’ संग्रौलाले अपिल गरेकी छन्।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com