काठमाडौं । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । समानुपातिक तर्फ हालसम्म ८४ लाख ८१ हजार ७७ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४१ लाख ३ सय १४ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ ।

नेपाली काँग्रेसले १३ लाख ७० हजार ६ सय ७८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । यसै गरी नेकपा एमालेले ११ लाख ६० हजार ३सय ५० मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले ५ लाख ९७ हजार ७ सय ३२ मत प्राप्त गरेको छ ।

advertisement

यस्तै श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार सय ८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७९ हजार १५६, जनता समाजवादी पार्टी नेपालले १ लाख २८ हजार ५० र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख २० हजार ७ सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com