रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३, भाग्ले नजिकै सानीभेरी नदीमा मंगलबार (फागुन २६) दुई बालिकाको शव फेला परेको छ।

उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन्।

advertisement

बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनका अनुसार, १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ। उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको अन्तरमा फेला परेको हो।

उनीहरू सोमबार (फागुन २५) छिमेकीको विवाहमा गएका थिए। घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com