काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गरी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुने भएका छन्।

नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुने यस सम्मेलनमा बाबुराम भट्टराई लाई ‘गेस्ट अफ अनर’ का रूपमा आमन्त्रित गरिएको छ।

advertisement

आयोजकका अनुसार समिटमा विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र शिक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी समसामयिक विषयमा छलफल हुनेछ।

समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुनेछन्।

विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको सहभागिता रहने यस सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको आयोजकले जनाएको छ।

सम्मेलनको अन्तिम दिन, मार्च १४ को बिहान १०ः०५ बजे ‘Democracy in the Age of AI: Digital Governance & The Youth’ शीर्षकको सत्रमा भट्टराईले ‘गेस्ट अफ अनर एड्रेस’ दिने कार्यक्रम तय छ।

यस सत्रमा उनी डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार राख्नेछन्।

भट्टराई फागुन ३० मा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com