बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेल ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले कुल २८ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेका छन्।

advertisement

सबैभन्दा बढी रकम इन्धनमा खर्च भएको छ, जसको मात्रा ८ लाख ९७ हजार रुपैयाँभन्दा बढी रहेको उनले जानकारी दिएका छन्।

विष्णु प्रसाद पौडेल सहित नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा र रुपन्देही–३ बाट एमालेका उम्मेदवार बासुदेव घिमिरेले पनि आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

यी तीनै जना उम्मेदवार पराजित भएका छन् भने घिमिरेको जमानत पनि जफत भएको छ।

निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउन र सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com