काठमाडौँ । देशका विभिन्न स्थानमा प्रहरीले गरेको नियमित गस्तीको क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन।
केन्द्रीय प्रहरी कक्षका अनुसार पक्राउपर्नेहरू काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट हुन्।
अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने औषधि प्रहरीले बरामद गरेको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया