काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुनको मूल्यदुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ।
बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्यपनि घटेको छ।
आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया