काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। यसअघि शनिबार बस्ने तय गरिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको थियो।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने जानकारी दिइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस गर्ने विषय र वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
समानुपातिक प्रणालीतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने भएको छ। प्रत्यक्षतर्फ १८२ सिट जितेपछि प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद रहने भएका छन्।
निर्वाचन आयोग नेपाल ले समानुपातिकतर्फका सांसदहरूको नामावली बुझाउन आजसम्मको समयसीमा दिएको छ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार












प्रतिक्रिया