काठमाडौं। श्रम संंस्कृति पार्टीले समानुपातिक सांसद को टुंगो लगाएको छ।

आज धरानमा बसेको श्रम संंस्कृति पार्टी बैठकले समानुपातिक सांसद नाम तय गरी निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

advertisement

समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिएका छन्।

उनकाअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन्।

पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले बताएको छ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट जितेको थियो।

 

यो पनि:

रास्वपा सचिवालय बैठकमा मन्त्रीका विषयमा छलफल नै भएन

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com