काठमाडाैं । महोत्तरी प्रहरीले बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिहीबार राति रामगोपालपुर नगरपालिका–७ क्षेत्रमा शंकास्पद अवस्थामा रहेको डिएल १ सिक्यू ५८६९ नम्बरको भारतीय कार फेला पारेको थियो ।

advertisement
प्रहरीले कारभित्र जाँच गर्दा चालक नभएको अवस्थामा शंका लागेपछि कार खोलेर तलासी लिँदा पछाडिको डिकीमा रातो प्लास्टिकले बेरी कालो प्लास्टिकको डोरीले बाँधेर लुकाइछिपाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ २० पोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले जानकारी दिए ।

उनका अनुसार उक्त पदार्थलाई तौल गर्दा जम्मा १०९ किलो ६१० ग्राम रहेको पाइएको छ ।

बरामद भएको लागूऔषध गाँजा बरामद सहित कार नियन्त्रणमा लिई लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com