काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार एक अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा कायम गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन हुन सक्छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने बताइएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने जनाइएको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया