काठमाडाैं । बाजुरा जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढा को हत्या गरेको अभियोगमा ४० वर्षीय धन बहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाश बुढा को घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार धन बहादुरको छोराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया