सङ्खुवासभा । मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकी २८ वर्षीया सरु राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत प्रसूति गराइएकामा स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

प्रसूति गराइसकेपछि पनि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था नाजुक बनेको र थप विशेषज्ञ उपचारका लागि काठमाडौँ लैजाने अवस्था हुँदा हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको जिल्ला अस्पतालका चिकित्सक डा. प्रदीप श्रीवालले जानकारी दिए।

advertisement

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सीमित रहेकाले यस्ता आकस्मिक अवस्थामा हवाई उद्धार प्रभावकारी बनेको बताए।

  • रासस

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com