काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित भएका १ सय १० जना सांसदहरूलाई निर्वाचितभएको प्रमाणपत्र दिइएको छ । निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचितभएको प्रमाणपत्र उपलब्ध गराएको हो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिकतर्फबाट निर्वाचित प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया