काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई जना भारतीय नागरिकको ज्यान गएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले ठक्कर दिँदा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।

advertisement

बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट घाइते भएका दुवै जनाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न बसका चालक दोलखा स्थायी घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त कालिमाटी ले गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com