काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ।
बुधबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईको लक्ष्य १३ बल बाँकी हुँदै भेट्टाएको हो।
युएईले पहिले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत गर्दा युएईले सबै विकेट गुमाएको नेपालले ४३.२ ओभरमा युएईलाई अलआउट गरेको थियो।
नेपालले भने ४७ ओभर ५ बलमा युएईले पेश गरेको लक्ष्य पुरा गरेको हो। बुधबारको खेलमा नेपालका गुल्सन झा प्लेयर अफ द म्याच भएका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार
प्रतिक्रिया