काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि प्रहरीले केही समयका लागि ओलीलाई प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षणका लागि अस्पताल लगाएको हो।

उक्त घटनापछि नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ। आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो। सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग पनि बैठक बस्नेछ। यी बैठकले आगामी विरोध कार्यक्रम र यसको स्वरूप निर्धारण गर्नेछ, सचिव महेश बस्नेतले बताएका छन्।

advertisement

एमाले सचिव महेश बस्नेतका अनुसार, सचिवालय बैठकपछि विरोध कार्यक्रमसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com