काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।
आजको बैठकमा तीन अध्यादेश प्रस्तुत हुनेछन्। तय गरिएको कार्यसूचिअनुसार, गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’, र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्नेछन्।
अध्यादेश पेसका लागि गृहमन्त्री गुरुङ स्वयं बैठकमा उपस्थित हुने सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया