काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं नगरपालिका-२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका-१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका-४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी-४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउगरिएको हो।

advertisement

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका-१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका-६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका-७ बाट एक जनालाई पक्राउ गरिएको छ।

प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउगरेको जनाइएको छ।

केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ। उनीहरू बिहीबार पक्राउपरेका हुन्।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com