काठमाडौं । व्यवसायी दीपक भट्टसँग सम्बन्धित प्रकरणमा उनका व्यावसायिक साझेदार सुलभ अग्रवाल भैरहवाबाट पक्राउ परेका छन्।

भट्टसँग आबद्ध शंकर समूहका अध्यक्ष शंकर अग्रवाल शुक्रबार पक्राउ परेपछि सोही समूहका उपाध्यक्षसमेत रहेका सुलभ अग्रवाललाई पनि नियन्त्रणमा लिइएको हो। सुलभ, शंकर अग्रवालका छोरा हुन्।

advertisement

दीपक भट्ट पक्राउ परेपछि उनका निकट व्यावसायिक साझेदारहरूमाथि समेत अनुसन्धान तीव्र पारिएको छ। सो क्रममा प्रहरीले शंकर अग्रवालपछि सुलभको खोजी थालेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरेको जनाइएको छ। भट्टसँगको सम्बन्ध तथा शंकास्पद आर्थिक गतिविधिमा संलग्न रहेको आशंकाका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com