काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा गैरकानुनी तथा उच्छृङ्खल गतिविधिमा संलग्न ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सार्वजनिक शान्ति भङ्ग गर्ने, गुण्डागर्दी तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले बिहीबार र शुक्रबार विशेष अभियान सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती होटल वा सवारी साधन प्रयोग गर्न दबाब दिने बिचौलियादेखि सार्वजनिक स्थलमै विदेशी नागरिक तथा सर्वसाधारणसँग अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने व्यक्तिसमेत रहेका छन्।

advertisement

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ७० जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ भने ३ जनामाथि जुवा तथा ३ जनामाथि लुटपाट र चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका सबै व्यक्तिलाई काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिएका छन्।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com