नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा आफैँले काटेको रुखले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक सोही स्थानका ३५ वर्षीय प्रेम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिएका छन् ।
सो घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् ।
उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
आफैँले काटेको रुखले घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया