जनकपुरधाम । धनुषाकोजनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो।

दुर्घटनामा सुजितले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र सोही स्थानका अखिलेश यादव घाइते भएका छन्।

घाइतेमध्ये अखिलेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: २ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com