काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति निवास शीतलनिवासमा आइतबार भएको भेटमा अध्यक्ष दाहालले टर्कीमा आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घ (IPU) को साधारणसभामा आफू सहभागी हुने जानकारी राष्ट्रपतिलाई गराएका थिए।
भेटवार्ताका क्रममा दुवै नेताबीच समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा समेत विचार आदान–प्रदान भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार












प्रतिक्रिया