काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ।
हेटौंडाबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार सडकबाट चिप्लिएर करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटना दक्षिणकाली नगरपालिका–८ अन्तर्गत रानीमडाँडा स्थित केरावारी–सितचोक नजिक भएको हो। हाल दुर्घटनाग्रस्त सवारी साधन निकाल्ने प्रयास जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया