काठमाडौं । मुम्बई, भारत – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २०औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। वानखेडे स्टेडियममा भएको उच्च स्कोरको रोमाञ्चक खेलमा आरसीबीले बलियो प्रदर्शन गर्दै जित हात पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ४ विकेटको क्षतिमा २४० रनको विशाल योगफल खडा गर्यो। टोलीका लागि ओपनर फिल साल्टले ७८ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान रजत पाटीदारले मात्र २० बलमा ५३ रनको विस्फोटक पारी खेले भने अनुभवी ब्याटर विराट कोहलीले ५० रनको योगदान दिए।
२४१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि शेर्फान रदरफोर्डले अविजित ७१ रन बनाए भने कप्तान हार्दिक पाण्ड्याले ४० रन जोडे।
मुम्बईका पूर्व कप्तान रोहित शर्मा १९ रन बनाउँदै खेलमै चोट लागेर मैदान बाहिरिनु टोलीका लागि ठूलो झट्का सावित भयो। रोहितको अनुपस्थिति र आरसीबीको कडा बलिङका कारण मुम्बई लक्ष्य नजिक पुग्न सकेन र १९ रनले पछि पर्यो।
यस जितसँगै आरसीबीले अंक तालिकामा आफ्नो स्थिति थप मजबुत बनाएको छ भने मुम्बई इन्डियन्सले घरेलु मैदानमै हारको सामना गर्नु परेको छ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया