ललितपुर। ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुष सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।

advertisement

उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर ज्यान कसरी गयो भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको कारण र विस्तृत विवरण खुलेको छैन ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com