एजेन्सी । इरानले आफ्ना छिमेकी मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र कुवेतसँग हालैको द्वन्द्वका क्रममा युद्धमा भएको क्षतिपूर्ति माग गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इरावानीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै ती पाँच राष्ट्रले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको आरोप लगाएका छन्। पत्रमा उनीहरूले आफ्नो दायित्व पूरा नगरेको उल्लेख गर्दै इरानलाई भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।

advertisement

इरावानीले पत्रमा भौतिक मात्र नभई मानसिक क्षतिसमेत समेटेर पूर्ण क्षतिपूर्ति दिनुपर्ने स्पष्ट पारेका छन्। उक्त पत्रलाई इरानी सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको आईआरएनएले जनाएको छ।

इरानले यस्ता प्रकारका माग यसअघि पनि उठाउँदै आएको छ। यसअघि उसले संयुक्त राज्य अमेरिकासँग पनि युद्धजन्य क्षतिको क्षतिपूर्ति माग गरेको थियो।

यसैबीच, इरान र अमेरिकाबीच वार्ताको अर्को चरण चाँडै सुरु हुन सक्ने संकेत देखिएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविराम कायम रहेको र समग्र वातावरण सकारात्मक रहेको बताएका छन्।

इस्लामाबादमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म कुनै नकारात्मक अवस्था नदेखिएको र कूटनीतिक पहलहरू सही दिशामा अघि बढिरहेको संकेत देखिएको बताए।

 

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com