काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र हर्मुज स्ट्रेट खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले हर्मुज स्ट्रेट संवाद र वार्तामार्फत मात्रै पुनः खोल्न सकिने बताएका छन्। उनका अनुसार अमेरिकाबाट प्रस्तावबारे हालसम्म कुनै आधिकारिक जवाफ प्राप्त भएको छैन।

इरानले लेबनानसहित क्षेत्रका सबै द्वन्द्व अन्त्य गर्नुपर्ने र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउनुपर्ने सर्त राखेको छ। यसैबीच, इरानी अधिकारीहरूले आफ्ना लागि ‘अनधिकृत’ मार्गबाट हर्मुज स्ट्रेट पार नगर्न जहाजहरूलाई चेतावनी दिएका छन्।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This