काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ ।

खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो ।

पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com