काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। पार्टीको आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्रीमा नियुक्त गर्ने प्रस्ताव अघि सारिने तयारी भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार बैठकमा शाहलाई महामन्त्री बनाउने एजेन्डा औपचारिक रूपमा प्रस्तुत गरिनेछ र सो प्रस्ताव आजै पारित हुने सम्भावना पनि उच्च छ।

advertisement

यसअघि भएको आन्तरिक सहमति अनुसार सुनिल लम्साल महामन्त्री र भूपदेव शाह सहमहामन्त्री रहेका थिए। तर लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि खाली भएको पदमा शाहलाई अघि सारिन लागेको बताइएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निकट मानिने भूपदेव शाह उनीसँगै सचिवालयमा काम गरिसकेका व्यक्ति हुन्। पार्टी एकीकरणको चरणमा उनी केन्द्रीय सदस्यको रूपमा समावेश भएका थिए।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम–२ बाट उम्मेदवार बनेका थिए, तर उनी पराजित भएका थिए।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com