काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सचिवालय संरचना विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई सदस्यलाई सचिवालयमा समावेश गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने प्रस्ताव सभापति रवि लामिछानेले बैठकमा पेश गरेका थिए।

advertisement

उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको प्रवक्ता झाले जानकारी दिए। यसअघि सचिवालयमा १४ सदस्य रहेका थिए भने अब संख्या थपिएको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com