काठमाडौं। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार उनीहरूलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्ने आदेश दिएको हो।
उनीहरू हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्बन्धित निकायको हिरासतमा रहेका छन्।
दुवै जना निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालयन रि इन्स्योरेन्स का प्रमुख सेयरधनीमध्येका रूपमा पनि परिचित छन्।
अदालतको यो आदेशसँगै उनीहरूमाथि भइरहेको अनुसन्धान अझ विस्तृत रूपमा अघि बढ्ने भएको छ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया