काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा भएको प्रदर्शनका क्रममा सुकुम्बासी नेतालाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले बस्ती हटाउने तयारी अघि बढाएपछि उक्त क्षेत्रमा विरोध प्रदर्शन भइरहेको थियो। यही क्रममा सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

advertisement

प्रहरीका अनुसार परियार २०७९ सालदेखि ज्यान मार्ने प्रयास तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यक्ति हुन्।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com