काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउँदा हालसम्म कुनै अवरोध देखिएको छैन। शनिबार बिहान साढे ८ बजेदेखि बाक्लो प्रहरी परिचालन गरी बस्ती भत्काउने काम अघि बढाइएको हो।

यसअघि शुक्रबार भने सोही क्षेत्रमा सुकुम्बासीको नाममा प्रदर्शन भएका थिए। अहिले भने अधिकांश सुकुमबासीले आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिसकेका छन्।

advertisement

सामान हटाइसकिएको क्षेत्रमा डोजर प्रयोग गरी संरचना हटाउने काम भइरहेको छ। सरकारले वास्तविक सुकुमबासीलाई अस्थायी रूपमा पाँच स्थानमा व्यवस्थापन गर्ने जनाएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com