सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्रकुमार यादवको निधन भएको छ ।
प्राप्त जानकारीअनुसार, सोमबार राति करिब ३ बजे शौचालय जाने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण, सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
सशस्त्र प्रहरीका अनुसार, मृतक यादव उच्च रक्तचापबाट पीडित थिए । उनी बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।
घटनाबारे सशस्त्र प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया