काठमाडौं ।  प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन्। शरीरमा सुगरको मात्रा कम भएपछि उनलाई ललितपुरस्थित किस्ट अस्पताल मा उपचारका लागि भर्ना गरिएको हो।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार उपसभामुखको स्वास्थ्यमा समस्या देखिएपछि तत्काल अस्पताल लगिएको हो। उनको शरीरमा सुगर कम भएको रहेछ, अहिले उपचार भइरहेको छ, उनले जानकारी दिए।

advertisement

उपसभामुख बिरामी परेपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी हुन सकेको छैन। सांसद राईले उपचारमै व्यस्त रहनु परेकाले बैठकमा उपस्थिति जनाउन नसकिएको बताए।

हाल उपसभामुखको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com