काठमाडौं। रामचन्द्र पौडेल ले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले राष्ट्रपति कार्यालय मार्फत उक्त अध्यादेश जारी गरेको जानकारी प्रवक्ता रितेशकुमार शाक्यले दिएका छन्।

advertisement

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो।

यो अध्यादेश जारी भएसँगै सहकारी क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्था संशोधन तथा कार्यान्वयनको बाटो खुलेको छ।

अध्यादेशमा समेटिएका विस्तृत प्रावधान भने राजपत्र प्रकाशनपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com