काठमाडौं । आकर्षक तलबमा जापान पठाइदिने भन्दै करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तेह्रथुम घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय सुरज पंधाक लिम्बु र सोलुखुम्बु घर भई काठमाडौं बस्ने कमलबहादुर पुलामी मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

advertisement

उनीहरूमाथि निको प्रोजेक्टअन्तर्गत जापानमा गुम्बा निर्माण गर्न कामदाल लैजाने भनी २५० जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनीहरूले प्रतिव्यक्ति १४ लाख लाग्ने भनी ठगी गरी सम्पर्कविहीन भएको उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com