काठमाडौं। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी फारसीका अनुसार इरानको इस्फहान शहरका २१ वर्षीय ससान आजादवर जोंगानीलाई फाँसी दिइएको छ ।

उनीलाई यस वर्षको जनवरी महिनामा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो ।

advertisement

पछि उनलाई इस्फहानस्थित दस्तगार्ड जेलमा राखिएको थियो ।

मानव अधिकारसम्बन्धी संस्था एचआरएएनएलाई उद्धृत गर्दै उनको परिवारनिकट स्रोतले जनाएको अनुसार बिहीबार दिउँसो उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टि “सुरक्षित क्षेत्र” मा गरिएको र केवल १० जना आफन्तलाई मात्र उपस्थित हुन अनुमति दिइएको बताइएको छ ।

इरानको न्यायपालिकाले जोंगानीमाथि प्रदर्शनका क्रममा सरकारी सुरक्षाकर्मी सवार सवारीसाधनमा ढुङ्गा र लाठी प्रहार गरेको, सवारीसाधनको सिसा फुटाएको तथा सुरक्षाकर्मीमाथि ढुङ्गा र इँटा प्रहार गरेको आरोप लगाएको छ ।

न्यायपालिकाका अनुसार उनले सरकार उल्ट्याउने उद्देश्यले प्रदर्शनमा सहभागी भएको र अरूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेको स्वीकार गरेका थिए ।

तर मानव अधिकारकर्मीहरूले भने उनको हिरासत प्रक्रिया, कानुनी सहायता पहुँच र बयान लिने परिस्थितिबारे स्पष्टता नभएको भन्दै निष्पक्ष सुनुवाइ नभएको आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com