काठमाडौं । इरान ले अमेरिका सँगको वार्ताका लागि नयाँ प्रस्ताव पठाएको छ। उक्त प्रस्ताव पाकिस्तान मार्फत मध्यस्थकर्ताको रूपमा पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको छ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार इस्लामिक रिपब्लिक अफ इरानले अमेरिकासँग वार्ता अघि बढाउने उद्देश्यले नयाँ प्रस्ताव तयार गरी पाकिस्तानलाई हस्तान्तरण गरेको हो। तर, प्रस्तावमा समावेश विषयवस्तु सार्वजनिक गरिएको छैन।

advertisement

यसअघि इरान र अमेरिकाबीच करिब ४० दिनसम्म चलेको तनावपूर्ण अवस्था अन्त्य गर्दै युद्धविराम भएको थियो। त्यसपछि दुवै देशका प्रतिनिधिहरूबीच एक चरण वार्ता भए पनि त्यसयता संवाद प्रक्रिया रोकिएको छ।

हाल अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेको बताइएको छ भने इरानले पनि होर्मुज जलमार्ग बाट हुने जहाज आवतजावतमा कडाइ गरेको छ। युद्ध सुरु भएयता उक्त मार्गबाट सीमित संख्यामा मात्र जहाजहरू सञ्चालनमा आएका छन्।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघची ले साउदी अरब, कतार, टर्की, इराक र अजरबैजान का विदेशमन्त्रीहरूसँग टेलिफोनमार्फत संवाद गरेका छन्।

इरानी विदेश मन्त्रालयका अनुसार उक्त छलफलमा युद्ध अन्त्य गर्ने प्रयास तथा पछिल्ला कूटनीतिक पहलहरूबारे विचार आदानप्रदान गरिएको थियो।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com