काठमाडौं। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले अमेरिकासँग अब सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प बाँकी रहेको दाबी गरेको छ ।

आइआरजीसीको गुप्तचर एकाईले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने अवस्था आएको जनाएको छ ।

advertisement

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी तत्काल अन्त्य गर्न समयसीमा तोकेको छ ।

यद्यपि, सो समयसीमाको मिति भने खुलाइएको छैन ।

आइआरजीसी ले चीन, रुस र युरोपेली देशहरूको अडानमा पनि परिवर्तन आएको दाबी गर्दै यी घटनाक्रमले अमेरिकाको निर्णय लिने दायरा निकै संकुचित बनाएको बताएको छ ।

“यी सबैलाई मध्यनजर गर्दा अब अमेरिकासँग निर्णयका लागि धेरै सीमित र कठिन विकल्पहरू मात्र बाँकी छन्,” आइआरजीसीको भनाइ छ ।

हाल होर्मुज जलडमरूमा अमेरिकी नाकाबन्दी र इरानको प्रतिकारका कारण तनाव चुलिएको छ । दुवै पक्षबीच पाकिस्तानको इस्लामावादमा वार्ता भइरहे पनि परिणाम अनिश्चित छ ।

ट्रम्पले यसअघि पनि इरानसँगको द्वन्द्वमा आफूहरू बलियो स्थितिमा रहेको दाबी गर्दै आएका छन् भने इरानले नाकाबन्दी हटाए मात्र वार्तामा बस्ने अडान राखेको छ ।

यो स्थिति अझै जटिल बन्दै गएको छ र क्षेत्रीय शान्तिका लागि अन्तर्राष्ट्रिय प्रयासहरू बढिरहेका छन् ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com