सुर्खेत । कालिकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३ का ५७ वर्षीय टिकाराम देवकोटा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीका अनुसार, मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा बाटोमा झरेको विद्युत् तारमा छोएपछि उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

प्रारम्भिक जानकारीअनुसार राष्ट्रिय प्रसारण लाइनअन्तर्गतको तार सडक खन्ने क्रममा चुँडिएर जमिनमा खसेको थियो।

मृतकका आफन्तहरूले भने नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन्।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com