काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा सोमबार दिउँसो उक्त घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार दिउँसो करिब साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो।

advertisement

गम्भीर घाइते घिमिरेलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा साथी–साथीबीचको विवादका क्रममा घटना भएको देखिएको छ।

हतियार प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनलाई चाँडै पक्राउ गरिने एसपी भट्टराईले बताए। ‘प्रहरी टोली परिचालित भइसकेको छ, छिट्टै नियन्त्रणमा लिन्छौँ,’ उनले भने।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com