काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा–१ का १९ वर्षीय दीपेन्द्रराज गिरी, २० वर्षीय बीबीएस कुँवर, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ का १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेका छन्।

advertisement

प्रहरीका अनुसार घटनामा संलग्न चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाटै पक्राउ गरिएको हो। घटनास्थलबाट प्रहरीले एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा सिसाका बोतल बरामद गरेको छ।

प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगञ्ज–१२ मा रहेको एक घरमा ब्रतबन्धको कार्यक्रमका क्रममा भएको विवाद उग्र बन्दा खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते ठकुरीको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com