काठमाडौं । सरकारले विदेशमा कार्यरत १५ जना अवैतनिक दूत (अनररी कन्सुलर) लाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदबाट हटाउने निर्णय गरिएको जानकारी दिए।

advertisement

यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का बाध्यकारी श्रमसम्बन्धी महासन्धि १९३० को २०१४ को प्रोटोकल नम्बर २९ तथा १९४७ को महासन्धि नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com